शिखरमा पुगेको करिअरलाई लात मारेर राजनीतिमा लागेंः थलापति विजय

फिल्मी फण्डा। साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए ।

राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्‍यालीमा फ्यानसँग पनि कुरा गरे ।

विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’

गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech