‘छक्कापञ्जा ५’ को नयाँ गीत  ‘यो माया बनाउने को हो’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा। प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । 

शम्भुजीत बास्कोटाको संगीतमा तयार भएको गीतमा कृष्णहरि बरालका शब्द छन् । निशान भट्टराई र अस्मिता अधिकारीको गायन छ ।

भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । फिल्मभित्र यी दुई पात्रको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ । दीपाश्री निरौला निर्देशित फिल्म अहिले व्यावसायिक सफलतासहित हलमा प्रदर्शन भइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech