फिल्मी फण्डा । केही दिन अघि सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम रजतपटमा यहि दशैं २0८१ बाट प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाईं साब’ को बिषयमा रिलिज अगावै चर्चा गर्न तीन चर्चित फिल्म हल सञ्चालक, वितरक र २ फिल्म लेखकलाई अतिथि वक्ताको रुपमा निमन्त्रणा गरिएको थियो ।
कार्यक्रममा फिल्म वितरक तथा निर्माता छबिराज ओझा, चलचित्र संघका पूर्व अध्यक्ष एंव निर्माता तथा हल सञ्चालक प्रदिप कुमार उदय र निर्माता तथा वितरक सुनिल मानन्धर को साथमा लेखक तथा पत्रकार सामिप्यराज तिमल्सिना र लेखक मनोज पण्डित उपस्तिथ थिए । कार्यक्रममा ती फिल्मकर्मीले तिन वटै फिल्मको बिषयमा टिप्पणि गरेका थिए । जसमा चल्ने फिल्ममा 'छक्का पञ्जा–५' सबैभन्दा अगाडी, 'ज्वाईँ साब' दोश्रो स्थानमा र तेश्रो स्थान सहित नचल्ने सूचीमा '१२ गाउँ' राखिएको थियो ।
अहिले तिन वटै फिल्म रिलिज भईरहेका छन्, तिनै फिल्मले लगानी उठाएर नाफा कमाउन पनि थालिसकेका छन् । विशेष गरि बिराज भट्ट अभिनित र निर्देशित फिल्म '१२ गाउँ'ले बक्स अफिसमा अविश्वसनीय ब्यापार गरिरहेको छ । बक्स अफिसमा ‘१२ गाउँ’को क्रेज बढ्दै गएपछि अहिले रजतपटमा अभिव्यक्ति दिने फिल्मकर्र्मी माथि दर्शकले सटायर सुरु गरेका छन् ।
धेरैले ती फिल्मकर्मी नियोजित रुपमा ‘१२ गाउँ’ बिरुद्ध लागेको आरोप समेत लगाउँदै आएका छन् । धेरैले ‘१२ गाउँ’ले ती फिल्मकर्मीलाई अन्डरग्राण्ड हुन बाध्य गरीदिएको समेत टिप्पणि गरेका छन् । फिल्मले अनपेक्षित ब्यापार गरेपछि ‘१२ गाउँ’समर्थकले ती फिल्मकर्मी माथि ट्रोलको बर्षात गरेका छन् । ती फिल्मकर्मीले अनावश्यक अभिव्यक्ति दिएपछि आमदर्शकनै दुई भागमा विभाजित भएका थिए । फिल्मकै समर्थनमा यसरी दर्शकनै विभाजित भएको घटना निकै कम हुन्छन् ।
के कारण ट्रोल भए् त ती फिल्मकर्मी ?
उक्त कार्यक्रममा कुन फिल्म सबैभन्दा धेरै चल्न सक्छ भन्ने प्रश्न गरिएको थियोे, उक्त प्रश्नमा उपस्थिति पाँचै जनाले ‘छक्का पञ्जा ५’ कै पक्षमा वकालत गरेका थिए । दोश्रोमा 'व्जाँई साब' र तेश्रोमा '१२ गाउँ' लाई राखिएको थियो । धेरैले ‘१२ गाउँ’ पुरानो धारको भएकोले चल्न सक्नेमा शंका गरेका थिए । उपस्थित सबैले 'छक्का पञ्जा ५' को ब्राण्डको कारण फिल्म चल्ने टिप्पणि गरेका थिए भने ‘१२ गाउँ’ पुरानो कथा भएको कारण चल्ने सम्भावना कम रहेको संकेत गरेका थिए ।
कतिसम्म भने फिल्म लेखक तथा पत्रकार सामिप्यराज तिमल्सिनाले त नेपालमा एक्सन फिल्म हेर्ने दर्शकनै घट्दै गएको जस्तो अव्यवहारिक अभिव्यक्ति दिएका थिए । सायद रावायण फिल्मको व्यापारलाई उनले आकलन गरेका थिए । तिमल्सिना त्यतिमा मात्रै रोकिएनन्, उनले त बिराज भट्टले एक्सन फिल्मको ब्राण्डिङ गरेकै कारण ‘१२ गाउँ’ चल्ने सम्भावना आधा कम भएको टिप्पणी गरेका थिए । त्यस्तो अभिव्यक्ति लगतै दर्शकले भिडियोको कमेन्टमा सामिप्य तिमल्सिनाको मजाक उडाउन सुरु गरेका थिए ।
तर दर्शकले भने तिमल्सिनाको उक्त अभिव्यक्तिलाई पुर्ण रुपमा खारेज गरिदएका छन् । उता ‘१२ गाउँ’ समर्थकलाई साईवर सेना भन्दै अपमान गर्ने वितरक प्रदिप कुमार उदय लाई पनि दर्शकले जवाफ दिएका छन् । उदय आफै हल सञ्चालक पनि हुन् । उनको उक्त अभिव्यक्तिलाई दर्शकले उनकै हलमा ‘१२ गाउँ’ फिल्म हेरेर जवाफ फर्काएका छन् । अन्य फिल्मकर्मीले पनि '१२ गाउँ'का शंका गरेका थिए ।
अहिले सबैै हलहरुमा ‘१२ गाउँ’ ले नै सबैभन्दा धरै सोज र अकुपेन्सि पाइरहेको छ । पहिलो हप्ता 'छक्का पञ्जा ५' ले सबैभन्दा राम्रो शो पाएको थियो । दोश्रो हप्ताशुरु भए लगतै '१२ गाउँ'ले बढि शो पाईरहेको छ । यद्धपि केही शो बाहेक तीन वटै फिल्मले आफुले पाएको शो हाउसफुल नै व्यापार गरिरहेको छ ।
रिलिज भएको दोश्रो हप्तासम्म आईपुग्दा '१२ गाउँ' फिल्मले १० करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ । फिल्मको बक्स अफिस कलेक्सन र दर्शकको बढ्दो चापले रजतपटमा अभिव्यक्ति दिने ती पाँचै जना फिल्मकर्मीको अभिव्यक्तिलाई गलत साबित गरिदिएको छ । फिल्मको ब्लकबस्टर सफलता सँगै ती फिल्मकर्मी अहिले गुपचुप रहेका छन् । उनीहरुले अहिले मिडिया फेस गर्न सक्ने अवस्थामा छैनन् । मनोज पण्डितले भने फेस सेभिङको लागि भएपनि एक मिडियामा अन्तवार्ता दिएका छन् । सामिप्य भने अमेरिकाका एक निर्माताले निर्माण गर्न लागेको फिल्मको स्कृप्ट लेखनमा व्यस्त छन् ।
‘१२ गाउँ’ कमजोर पटकथामा तयार भएको परम्परागत नेपाली फिल्म हो । यो प्रस्तुती र पटकथाको हिसाबले सबैभन्दा कमजोर फिल्म हो । पटकथामा कमजोर भएपनि नव नायक समीर भट्ट र एक्शन जनराकै कारण '१२ गाउँ' चलेको हो । त्यस कारण पनि नेपालमा एक्शन जनराको फिल्म चल्दैन भनिहाल्ने अवस्था छैन ।