काठमाडौंको गोकर्ण रिसोर्टमा २१ मुलुकका सयभन्दा बढी कलाकार भेला हुँदै

फिल्मी फण्डा । २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला हुने भएका छन् ।

‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपाली राजधानीमा जुट्न लागेका हुन् ।

आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech