‘छक्कापञ्जा-५’ को निर्माण टिम बाढीपहिरो प्रभावित क्षेत्रमा पुननिर्माण गर्न खटिने

फिल्मी फण्डा । फिल्म ‘छक्कापञ्जा ५’ले बाढीपहिरो प्रभावित क्षेत्रको पुननिर्माण र राहत अभियानमा सघाउने भएको छ । छायांकन थलो काभ्रेको मंगलटार, गाम्छा र आसपासका क्षेत्रको पुननिर्माणमा फिल्मको टोली खटिने भएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्माता तथा अभिनेता दीपकराज गिरीले छायांकन भएको थलो आसपासमा बाढीले पुर्‍याएको क्षतिले आफूहरु मर्माहत भएको बताए । तिहार लगत्तै फिल्मको टोली ती क्षेत्रमा पुगेर स्थानीयसँगै पुननिर्माणमा खटिने भएको छ ।

कलाकारको टोली प्रभावित क्षेत्रमा पुगेर खट्ने भएको हो । ‘छक्कापञ्जा ५’ काभ्रे र पोखरा आसपासमा छायांकन भएको थियो । दीपाश्री निरौला निर्देशित फिल्मले यतिबेला बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech