हलिउडको सुपरहिरो फिल्म  ‘स्पाइडरम्यान’को नयाँ श्रृंखला आउने 

फिल्मी फण्डा । हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को नयाँ श्रृंखला आउने भएको छ । अभिनेता टम हल्याण्डले फिल्मको स्क्रिप्ट पढ्न सुरु गरेसँगै फिल्म आउने पक्का भएको हो ।

 आगामी श्रृंखला हल्याण्डको चौंथो स्पाइडरम्यान फिल्म हुनेछ । भेराइटी म्यागजिनले अभिनेत्री जेन्डायासँग मिलेर टमले स्क्रिप्ट पढिरहेको समाचार लेखेको छ ।

‘रिच रोल पडकास्ट’लाई अन्तर्वार्ता दिँदै हल्याण्डले आफूले आगामी फिल्मको स्क्रिप्टको ड्राफ्ट पढेको बताएका हुन् । ‘अझै काम गर्नुपर्ने जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन्’ उनले भने ।

यसअघि ‘साङ् ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ फेम्ड निर्देशक डेस्टिन डेनियल क्रेटनले स्पाइरडम्यानको आगामी श्रृंखलालाई निर्देशन गर्ने खुलासा यसअघि नै भैसकेको छ । अभिनेता हल्याण्डले अभिनय गरेका अघिल्ला तीन फिल्मलाई जोन वाट्सले निर्देशन गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech