फिल्म ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्मी फण्डा। अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको फिल्म ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको फिल्म आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ, भने पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । मिना बस्नेत निर्माता र सिएम भारद्धाज सुवेदी सह निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech