अमेरिकाबाट दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

फिल्मी फण्डा। अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छिन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् ।

‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । उनी अमेरिकामा श्रीमानसँग बस्दै आएकी छिन् ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्मलाई वीरबहादुर घलेले निर्माण गर्दैछन् । असोज २८ देखि गोरखाको सिरानचोकबाट छायांकन सुरु हुँदैछ ।

फिल्ममा रिश्मा, दयाहाङ र सौगातसँगै कविता आले र माओत्से गुरुङको मुख्य भूमिका हुनेछ । ‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको छायांकन घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै सुरु हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech