फिल्मी फण्डा । फिल्म ‘सानो संसार’का निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छन् । बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्माता अर्जुन कुमार र माधव वाग्लेले विज्ञप्तिमार्फत जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै केही समयको लागि प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।
सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने जनाइएको छ ।
निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको लागि शोज क्यान्सिल गरेका छन् ।