सुनिल थापा अब प्राइम भिडियो सिरिज ‘फ्यामिली म्यान’मा पनि

फिल्मी फण्डा । नेपाली अभिनेता सुनिल थापा अमेजन प्राइम भिडियोको भारतीय वेब–सिरिज ‘द फ्यामिली फ्यान’को तेस्रो सिजनमा जोडिएका छन् । मनोज बाजपेयी र दलिप ताहिलको शीर्ष भूमिका रहेको सिरिजको छायांकन यतिबेला नागाल्याण्डमा भइरहेको छ ।

थापाले सामाजिक सञ्जालमा छायांकन सेटका तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन् । सन् २०१४ को फिल्म ‘मेरी कोम’पछि थापा बलिउडमा फर्किएका हुन् ।

उनी लेख्छन्, ‘मैले मनोज बाजपेयी र दलिप ताहिलको साथमा द फेमिली म्यानका लागि नागाल्याण्डमा गरेको सुटिङ अविश्वसनीय थियो । म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु । माया र साथको लागि धन्यवाद ।’

सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म यो सिरिजको छायांकन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो एक्सन थ्रिलर सिरिजको पहिलो भाग सेप्टेम्बर २०१९ मा स्ट्रिमिङ भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech