फिल्मी फण्डा । फिल्म ‘सारंग’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । फिल्म ०७ मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने छ ।
कोरियोग्राफरको रूपमा परिचित प्रशान्त तामाङले फिल्म निर्देशन गरेका हुन् । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, विश्व स्याङ्वो, प्रभात जंग लगायतको अभिनय छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन् भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् ।