अनमोल केसीको फिल्म ‘जेरी अन टप’ मा सुरक्षा पन्त 

फिल्मी फण्डा। फिल्म ‘जेरी अन टप’मा अभिनेत्रीको रुपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबिच बुधबार फिल्म अभिनयका लागि सम्झौता भएको हो ।

सुरक्षाको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।  फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि भित्रिएका थिए । फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । 

फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech