फिल्मी फण्डा । नामी साप्ताहिकका सम्पादक अग्रज पत्रकार श्याम स्मृतलाई पितृशोक परेको छ ।
स्मृतका पिता बैकुण्ठ श्रेष्ठको ७६ बर्षको उमेरमा शुक्रबार बेलुकी ८ः४५ बजेतिर आफ्नै निवास बालुवाटारमा निधन भएको हो ।
स्वर्गीय श्रेष्ठ विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । करीब १५ वर्षदेखि दमको रोगले पिडित श्रेष्ठलाई २०७९ जेठ महिनामा फोक्सोमा क्यान्सर देखिएको थियो ।
स्वर्गीय श्रेष्ठको परिवारमा धर्मपत्नी सुर्य माया श्रेष्ठको साथमा तीन छोरा र एक छोरी छन् । पत्रकार स्मृत उनका जेठा छोरा हुन् ।
स्वर्गीय श्रेष्ठको निधनप्रति फिल्मी फण्डा मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।