फिल्मी फण्डा। फिल्म ‘एक्टरः टेक वन’ को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माता थमन कुमार भण्डारीले पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी अटाएका छन् ।
राजन भुसालले निर्देशन गरेको फिल्ममा प्रदीप, आना र दिव्याको अलावा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह–निर्माता र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् । आकाश बराल र राजन भुसालले फिल्म संयुक्त रूपमा लेखेका हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत छ ।