निखिल र आफु मिलेर एक्सन फिल्म बनाउन लागेको रमेशको दाबी

फिल्मी फण्डा । नायक रमेश उप्रेतीले आफु र एक्सन स्टार निखिल उप्रेती मिलेर बिग बजेट एक्सन फिल्म बनाउने तयारी गरीरहेको बताएका छन् । फिल्म उद्योग चलायमान बनाउन एक्सन फिल्म चल्नै पर्ने तर्क गर्दै रमेशले आफु र निखिल उप्रेतीले फिल्म उद्योगको लागि एक्सन फिल्म बनाउने तयारी गरीरहेको बताए । साथै उनले फिल्मको सम्पुर्ण चाँजोपाँजो मिलाउने काम निखिल उप्रेती लाई दिएको समेत दावि गरे ।  निखिलले फिल्म माथि काम गरीरहेको छ जुन दिन निखिलको तर्फबाट फिल्म बनाउने पक्का हुन्छ त्यसदिन आफुहरु छायाङ्कनमा जाने उनले बताए । निखिल एक्सन कि रहेको बताउँदै उक्त फिल्ममा आफुले हस्तक्षेप नगर्ने समेत उनले बताएका थिए । 

रमेश र निखिलको पारिवारिक सम्बन्ध छ । उनीहरु बिच विभिन्न बिषयमा दाजुभाइको नाताले छलफल भइरहन्छ । तर यसै बिषयमा निखिल उप्रेतीको स्रोत सँग कुरा गर्दा भने निखिल उप्रेती र रमेश बिच अहिले कुनै फिल्म बनाउन बिषयमा निर्णय नभएको जानकारी दिए । दाजुभाइको नाताले कुराकानी हुनु स्वभाविक हो, तर सँगै फिल्म बनाउने या खेल्ने कुनै तयारी छैन, स्रोतले भन्यो । साथै निखिल आफ्नै निर्देशनमा भने फिल्म बनाउने तयारीमा छन् । तर उक्त फिल्ममा रमेशको कुनै भुमिका रहने छैन । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech