फिल्म ‘ज्याक’ को छायांकनका लागि काठमाडौं आइपुगे साउथ स्टार प्रकाश राज

फिल्मी फण्डा । साउथ इण्डियन फिल्म ‘ज्याक’ छायांकनका लागि चर्चित भारतीय अभिनेता प्रकाश राज शनिबार काठमाडौं आइपुगेका छन् ।

भिस्तारा एयरलाइन्सको विमानबाट उनी दिल्ली हुँदै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

५ दिनदेखि यो तेलुगु फिल्मको सुटिङ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । प्रकाशराजले आइतबारदेखि छायांकन ज्वाइन गर्नेछन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्नेछन् ।

यो फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन् । केही नेपाली कलाकारले पनि यसमा अभिनय गरिरहेका छन् । छायांकनमा नेपाली प्राविधिकहरुको संलग्नता छ ।

यो फिल्मको नेपाल व्यवस्थापन सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले हेरिरहेको छ । फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष रहेका पुष्कर लामा (प्रेम भोम्जन) र मनोज जोशी हुन् ।

नेपालअघि यो फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech