फिल्मी फण्डा । फिल्म ‘सानो संसार’ को सेन्सर पास भएको छ । बिहीबार केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको हो ।
उनका अनुसार सेन्सर बोर्डका प्रतिनिधिले ‘सानो संसार’ हेरेपछि मध्यम वर्गीय परिवारको मर्मस्पर्शी कथाले मन जितेको प्रतिक्रिया दिएका थिए । फिल्म सबै दर्शकले हेर्न पाउने छन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् । सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । सबै कलाकारले नेपाली फिल्ममा यसैमार्फत डेव्यु गरेका हुन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता माधव वाग्ले हुन् । फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् ।