छक्का पञ्जा–५ र कमेडी च्याम्पियनको ‘द बिगेष्ट रोस्टिङ ब्याटल’ हुँदै

फिल्मी फण्डा ।  फिल्म ‘छक्का पञ्जा–५’ को निर्माण टिम र कमेडी च्याम्पियनको टिमबिचमा रोस्ट हुने भएको छ । रोस्टको शैलीलाई अपनाउदै यी दुई भिन्न ब्राण्डहरु ‘द बिगेष्ट रोष्टिङ ब्याटल’ मा सहभागि हुन लागेका हुन् ।

यो फिल्मको भर्खरै रिलिज भएको दोस्रो ब्रेकअप गीतमा पनि विशेषगरी ढोका दिने केटीलाई मज्जाले गाली गर्दै रोस्ट गरिएको छ । शायद त्यो शैलीलाई अपनाउदै निर्माण टिमले रोस्ट शैलीलाई अपनाउन लागेको हो ।   

यही असोज २० गते आइतवार जमलस्थित राष्ट्रिय नाचघरमा साँझ ५ बजेपछि प्रारम्भ हुने यो कार्यक्रम हिमालय टेलिभिजन तथा ओएसआर रियालटी यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech