फिल्मी फण्डा । बलिउड अभिनेता सलमान खान शाहरुख खानसँग आगामी सिरिजमा देखिने भएका छन् । खबरहरूका अनुसार शाहरुख खानका छोरा आर्यन खानले सलमानलाई आफ्नो निर्देशनमा बन्न लागेको डेब्यू सिरिजमा कास्ट गरेका छन् ।
न्युज १८ ले छापेको खबरका अनुसार आर्यन खानको निर्देशनमा बन्न लागेको सिरिजको एक एपिसोडमा सलमान खान देखिँदैछन् । कास्टिङपछि सलमान खानले सिरिजको एपिसोडको सुटिङ पनि पूरा गरिसकेका छन् । यस सिरिजमा शाहरुख खान पनि देखिने छन् । शाहरुख र सलमानले स्क्रिन सेयर गर्ने कि गर्दैनन् भन्ने कुरा अहिलेसम्म स्पष्टचाहिँ भएको छैन ।
खबरका अनुसार सलमान खानलाई सिरिजको अफर आएपछि उनले केही सोच्दै नसोची हुन्छ भनिदिएका थिए । सलमान शाहरुख र उनको परिवारसँग निकै नजिक छन् । आर्यन खानको निर्देशनमा डेब्यु गर्न पाउँदा उनी निकै खुसी भएको बताइएको छ । शाहरुख खान र गौरी खानका छोरा आर्यन चाँडै नै बलिउडमा निर्देशनमा डेब्यु गर्न लागेका छन् ।