फिल्मी फण्डा । नायक उत्तम प्रधान र नायिका निरुता सिंह काठमाडौं आइपुगेका छन् । उत्तम र निरुता भिडियोमा काम गर्नका लागि मंगलबार काठमाडौं आएका हुन् ।
करिब १२ वर्षको अन्तरालपछि यो जोडीले म्युजिक भिडियो मार्फत पुनः सहकार्य गर्न लागेका हुन् । ‘यो जुनी यस्तै भो’बोलको यो गीतमा बबी सुब्बा लिम्बूको शब्द रचना, हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र केशव भावुकको स्वर समावेश छ ।
६ वर्षपछि नेपाल आएका उत्तम अतिबेला आफ्नो फिचर फिल्मको तयारीमा व्यस्त छन् । उत्तमको फिल्ममा उनीसहित निरुता सिंह, दिलीप रायमाझी, सुनिल थापा लगायतको अभिनय रहने बताइेको छ । फिल्ममा उत्तमको आफ्नै पटकथा र निर्देशन रहनेछ ।