फिल्मी फण्डा । फिल्म ‘अज्ञात’मा नायिका नीति शाह फाइनल भएकी छिन् । यो फिल्मको लागि नीति सँग मौखिक रुपमा सम्झौता भएको हो।
सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यो फिल्मका लागि अभिनेता द्वय सौगात मल्ल र अनुप विक्रम शाहीलाई अनुबन्धित भईसकेका छन । फिल्म निर्माण टिमले केही दिनअघि मात्र चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको थियो।
नेपाल र सिक्किममा छायांकन गरिने जनाइएको यो फिल्मलाई कर्म पिङ्की भुटियाको निर्माण रहने छ भने प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन र हरि हुमागाइँको छायांकन रहनेछ ।