दिपकले सपिङ गर्देको पैसा माग्दा दिपाले पैसा दिन्छु वैंशा फिर्ताले भनेपछि....

फिल्मी फण्डा । फिल्म 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युबमार्फत  गीतलाई  सार्वजनिक गरिएको हो । गीतलाई 'ब्रेकअप' सङ भनिएको छ। 

यसको भिडिओमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीसँगै मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी फिचर्ड छन्। गीतमा स्वर,शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ। भिडिओका कोरियोग्राफर गम्भीर विष्ट हुन्। 

गीतमा तँलाई  सपि गर्देको पैसा फिर्ता दे भनिएको छ । जुन शब्दले निकै चर्चा पाउने देखिएको छ । असोज २४ अर्थात दसैंको फूलपातिमा फिल्म रिलिज हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech