प्रियंका कार्की,सुलक्षण भारती र दिया मास्केको मुख्य भूमिका रहेको फिल्म' ममीको ' शुभमुहर्त 

फिल्मी फण्डा । सो ट्वान्टीफाईभ ब्यानरमा निर्माणधीन हरर जनराको चलचित्र ''ममीको '' आज राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गते सम्पूर्ण उपकरणलाई पूजा गरि छायाँकनको सुरुवात गरिएको छ । पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गर्ने छन् भने समर निरौलाले निर्देशन रहने छ ।

प्रियंका कार्की, सुलक्षण भारती र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई शरद महतोले खिच्ने छन्।

३० दिनमा चलचित्रको पहिलो चरणको छायाङ्कन सकिने र दोस्रो चरण तिहारपछि गर्ने तयारी रहेको निर्माता पूर्णिमा जोशीले जानकारी दिएकी छिन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech