फिल्मी फण्डा। लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने फिल्म ‘कल्ली’ को मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण युनिटले सोमबार उनलाई मुख्य भूमिकाको लागि अनुबन्धित गरेको हो ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् भने किरण नेपालीको प्रस्तुतिमा फिल्म तयार हुन लागेको हो ।
फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । सबै कलाकार छनौट गरेर तिहारपछि फिल्मको छायाङ्कन सुरु गर्ने तयारी भइरहेको छ ।