फिल्मी फण्डा। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ ।
यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश गरिएको छ ।
यसलाई सेयर गर्दै निर्माताले लेखेका छन्, ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो हाम्रो यो तमिल फिल्म चाड जस्तै हो । थलापतिको लागि माया । हामी तपाईंका फिल्म हेरेर हुर्केका हौं र तपाईं हाम्रो जीवनको हरेक पाइलाको हिस्सा हुनुभएको छ । ३० वर्ष भन्दा बढी समयदेखि हामीलाई मनोरन्जन प्रदान गर्नुभएकोमा धन्यवाद ।’
‘थलापति ६९’ अक्टोबर २०२५ मा रिलिज हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म रिलिजपछि विजयले फिल्मबाट ब्रेक लिएर राजनीतिमा पूर्ण ध्यान दिनेछन् ।