वेब सिरिज 'रणा भो'को निर्माण घोषणा

फिल्मी फण्डा । वेब सिरिज 'रणा भो' निर्माण हुने भएको छ । आइतबबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो । मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञान कुमार कट्टेल मिलेर निर्देशन गर्दैछन् । सिरिजकको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ । वेब सिरिजमा अभिनेता रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञान कुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकर राज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

निर्देशक राउत र कट्टेलको लेखन रहने वेब सिरिजमा दिपेन्द्र हमालको मेकअप, श्याम केसी प्रोडक्सन, दिनेश कार्की सहायक निर्देशक, शृङखला निर्देशक कुलदीप शर्मा, भिएफएक्स सत्यम राणा, कलर राजेन्द्र मोक्तान, व्यागराउण्ड म्युजिक प्रमोद परियार, द्धन्द्व निर्देशक देव महर्जन, छायांकन लक्ष्मण घिमिरे तथा बन्दे प्रसादले सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech