बिग बोस १८ को प्रस्ताव अस्वीकार गरिन्  गोविन्दाकी श्रीमतीले 

फिल्मी फण्डा । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औँ सिजन चाँडै सुरु हुँदैछ । शोमा सहभागी हुन धेरै सेलिब्रेटीहरूको नाम निरन्तर अगाडि आइरहेको छ । यसैबिच गोविन्दाकी श्रीमती सुनिता आहुजालाई पनि शोमा आउने अफर आएको थियो तर उनले उक्त अफर अस्वीकार गरिन् । सुनिताले विगत ४ वर्षदेखि आफूलाई शोमा जाने अफर आइरहेको तर आफु कहिल्यै शोको हिस्सा नबनेको बताएकी छिन् ।

हालै सुनिता आहुजा अंकित चोपडाको पोडकास्ट टाइम आउट विथ अंकितमा देखा परिन्। यस क्रममा उनलाई प्रस्ताव आयो भने बिग बोसमा जान मन लाग्छ भनेर सोधिएको थियो ।

त्यसमा उनले आफूलाई ४ वर्षदेखि प्रस्ताव आएको खुलाइन् । ‘ओटीटीमा पनि अफर आएको थियो । गत वर्ष अनिल कपुरले शो होस्ट गरेका थिए, त्यो शोको लागि उनीहरू दुई पटक मकहाँ आएका थिए । अब ट्वाइलेट सफा गर्न बाँकी छ? म कहिल्यै जाने छैन,’ उनले भनिन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech