‘होस्टेल ३’को छायाङ्कन सुरु

फिल्मी फण्डा। चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–मुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।  चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्ने कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै मुहूर्त–शट दिए ।

चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारको अभिनय छ । अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछिन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिकामा देखिनेछिन् । 

माधव शर्माको लेखन रहेको चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech