फिल्मी फण्डा । तेस्रो ‘स्पाईनी ब्याब्लर ईन्टरनेशनल फिल्म फेष्टिभल २०२४’मा २२ विद्यामा अवार्ड वितरण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलगायतले विजेतालाई अवार्ड दिएका थिए । राष्ट्रिय ११ र अन्तर्राष्ट्रिय ११ वटा गरी २२ विधामा अवार्ड वितरण गरिएको हो ।
राष्ट्रिय तर्फ निर्देशक लक्ष्मण सुबेदीले फिल्म सतीदेवीबाट सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्दा यसै फिल्मबाट अभिनेत्री मल्लिका महत उत्कृष्ट अभिनेत्री घोषित भइन् । उक्त अवसरमा निर्देशक लक्ष्मण सुनार, सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्माता नरेश खाती, निर्देशक पूर्णकाजी ज्यापु, अभिनेता प्रभण भुसाल, निर्देशक दिनेश कार्की लगायतले अवार्ड प्राप्त गरे ।
फिल्म ‘रेड’ (नेपाली) लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका) रोमाद (ओमान) रनफर युआर लाईफ (डेनमार्क), द जब (अमेरिका),ला डेर डेस डेर (फ्रान्स), अ टाउन वालेड १९९५ (आएरल्याण्ड) ड्रिम्स अफ द पास्ट (रसिया) जिगोलो (अष्ट्रिया), ईष्टेल (स्पेन), अक्रोश द हिमालय (स्वीडेन)ले बिभिन्न विद्यामा अवार्ड लिए ।
सुवेदी तथा विदेशका फिल्मलाई एक आपसमा प्रतिस्पर्धा गरिइएको महोत्सवमा नेपालका अलवा भारत, दक्षिण अफ्रिका, अस्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलङ्का, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ देशका ९५ फिल्म सहभागी रहेको कार्यक्रमका निर्देशक कमला जोशीले जानकारी दिइन् ।
एरा प्रोडक्सन प्रालिको व्यवस्थापन रहेको कार्यक्रममा गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, सङ्गीतकार दीपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र सन्दीप कुमार भुजेल सम्मानित भएका थिए ।
निर्देशक माधव राज खरेल, अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल (बङ्गलादेश), म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल)का अन्तर्राष्ट्रिय विद्यामा निर्णायक थिए भने राष्ट्रिय तर्फका छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्राध्यापक यादव गिरी, कलाकार(निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक रहेका थिए ।
कार्यक्रममा अभिनेता गजित विष्ट, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुवेर गिरी, गीतकार सुमन बैरागी, डब्बु क्षेत्री, सविता पोख्रेल, प्रकाश भट्ट, गायक अमृत खाती, तुलशी गिरी भावुक, सङ्गीतकार राजेन्द्र बजगाई लगायत थुप्रैको उपस्थिति रहेको थियो ।