लिटिल आइडल नेपाल २०२४ः प्रतिस्पर्धीहरूको एक महिने प्रशिक्षण सोमबारदेखि सुरु हुने 

फिल्मी फण्डा । विगत दुई दशकदेखि मोडलिङको क्षेत्रमा क्रियाशील ट्रिवेल फेशन कन्सर्न प्रालीले हरेक वर्ष आयोजना गर्दै आएको लिटिल आइडल नेपाल २०२४ को पाँचौं संस्करणको प्रतियोगिताको सोमबारदेखि प्रशिक्षण सुरु हुने भएको छ।


यस पाँचौं संस्करणको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयका बालबालिकासँगै अन्य नगरपालिकाका बालबालिकाले पनि भाग लिने र विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएका छन्।

दशै र तिहारको अवधीपछि फाइनलका लागि सोमबारदेखि एक महिने प्रशिक्षण सुरु हुनेछ। गत बिहीबार यस प्रतियोगितामा भाग लिने प्रतियोगीका अभिभावकसँग छलफल गरिएको थियो।

अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ का अनुसार प्रतियोगीलाई दुई जना अनुभवी प्रशिक्षकले एक महिना सम्म प्रशिक्षण दिनेछन्, जसपछि फाइनलका लागि छनौट गरिनेछ। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आयोजना हुने यो प्रतियोगितामा विजेताले नगद र ट्रफी पुरस्कार प्राप्त गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech