फिल्मी फण्डा । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो ।
यसका लागि शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ ।
अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिएका छन् । बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन् ।