'होस्टेल ३' मा आर्यन सिग्देल र परीक्षा लिम्बु अनुबन्धित 

फिल्मी फण्डा ।  फिल्म 'होस्टेल ३' मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परीक्षा लिम्बु अनुबन्धित भएका छन्।

बुधवार निर्माण पक्षले अभिनेता सिग्देल र लिम्बु सँग सम्झौता गरेको हो। आर्यन सिग्देल यो फिल्ममा महत्त्वपूर्ण वार्डेनको भूमिकामा देखिनेछन् । त्यस्तै, फिल्ममा परीक्षालाई विशेष भूमिकामा अनुबन्धित गराएको निर्माणपक्षले जनाएको छ । यसअघि, आर्यन र परीक्षाले 'पुजार सार्की'मा एकसाथ काम गरिसकेका छन् ।

माधव शर्माको स्क्रिप्ट रहेको यो फिल्मको कथा निर्देशक कँडेलकै हो। फिल्ममा कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

फिल्ममा आर्यन र परीक्षासँगै 'कुल ब्वाय' अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूको भूमिका रहनेछ। 

यो फिल्म आगामी फागुन १६ गतेबाट विश्वभर एकसाथ रिलिज हुने निर्माणपक्षले घोषणा गरिसकेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech