दीपेन्द्र लामाको लेखन,निर्देशनमा दयाहाङ र आँचलको ‘दुखी आत्मा’को सुटिङ सुरु

फिल्मी फण्डा । फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको फिल्ममा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।  

सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतको अभिनय रहनेछ । 

फिल्म राजधानीको विभिन्न स्थानमा खिचिनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech