विपिन कार्कीको फिल्म ‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन मन पर्‍यो’सार्वजनिक

फिल्मी फण्डा।  फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍यो’ सार्वजनिक भएको छ । कृष्ण भारद्धाजको संगीत रहेको गीतमा, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द छ । गीतमा शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । 

बिहीबार युट्युबमा सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत  छन् ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भूमिका हेर्न पाइनेछ । विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत फिल्ममा अभिनय छ । 

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ । फिल्म आगामी मंसिर ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech