राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा अवतार’ बाट डेब्यु गर्दै पूर्वमिस नेपाल उषा

फिल्मी फण्डा । पूर्व मिस नेपाल उषा खड्गी पनि फिल्म अभिनयमा देखिने भएकी छन् । अभिनेता राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा अवतार’ बाट उनी अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् ।

मिस नेपाल बनेको २४ वर्षपछि उनी फिल्ममा डेब्यु गर्न लागेकी हुन् । केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गरिसकेकी उनले थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छन् ।

भदौ अन्तिमबाट छायाङ्कनको तयारी गरिएको ‘नरसिंहा अवतार’ मा हमाल र उषासँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतको पनि अभिनय रहनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech