जितु र नीतिको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ को पहिलो गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीत सार्वजनिक भएको हो ।  गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । 

गीतमा यादव लम्सालको शब्दमा अर्जुन पोखरेलले संगीत छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहको नृत्य छ ।

दसैँको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । 

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा जितु र नीतिका अलवा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ ।

यो फिल्म आगामी असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । 

https://youtu.be/OAhjF-iyp5U?si=834t1dKG5Nx450yB

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech