फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘सानो संसार’को ट्रेलर रिलिज भएको छ ।  अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्मको .ट्रेलर रिलिज भएको हो । 

फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ । 

सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी मिलेर लेखेको फिल्मको कथामा रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी, प्रवीण खड्काको छायांकन छ । 

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । असोजको ११ गतेबाट यो फिल्म रिलिजमा आउँदै छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech