फिल्मी फण्डा । फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यकमकाबीच अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, अरुण मगर लगायतका कलाकारहरुको अभिनय छ ।
वीर बहादुर लामा, चन्द्र भट्टचन, वेतानी मगर, मानबहादुर मगरको लगानी रहेको फिल्ममा सुस्मिता वुढाथोकी सह–निर्माताको रुपमा छिन् । फिल्ममा अशोक थापा मगरको कथा तथा पटकथा, दीपक बज्राचार्यको छायांकन, अशोक थापा मगरको सम्पादन, एसडी योगी, पार्क चान्जी र सरिता राईको संगीत छ ।
सुरेन्द्र राई, शेखर घर्ती मगर र सुसन लामाको कोरियोग्राफी रहेको फिल्म असोजको ३ गतेबाट रिलिजमा आउँदैछ ।