फिल्मी फण्डा। बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतिक्षित फिल्म रामायण सुटिङ पूरा भएको छ । फिल्मको सेटबाट केही तस्बिर सार्वजनिक भएका छन् ।
यी तस्बिरमा फिल्मको पहिलो भागको छायाङ्कन सकिएको देखिएको छ । रिपोर्टका अनुसार अहिले फिल्मको पोस्ट प्रोडक्सन र भिएफएक्सको काम बाँकी छ ।
एक्स ह्यान्डलमा रणवीर कपूरको फ्यान पेजले केही तस्बिरहरू सेयर गरेको छ । जसमा अभिनेता हुडी र टोपी लगाएर फ्यानसँग पोज दिइरहेका छन् । फिल्मको पहिलो भागको छायाङ्कन सकिएपछि पूरै टिमले एकसाथ पोज दिइरहेको फोटो पनि आएको थियो ।
पिंकभिलाको रिपोर्टका अनुसार नितेश तिवारीले रामायणलाई दुई भागमा रिलिज गर्ने भएका छन् । यसमा रणवीर कपुर, यश, साई पल्लवी र सन्नी देओल मुख्य भूमिकामा रहेका छन् । फिल्मको भव्यतालाई ध्यानमा राख्दै निर्माताले दुई भागको छायाङ्कन एकैसाथ गर्ने निर्णय गरेका थिए ।
मेकरहरूले दुवै पार्ट एक वर्षभित्र रिलिज गर्ने तयारी गरेका छन् । फिल्म अर्को वर्ष रिलिज हुने अनुमान गरिएको छ । तर, निर्माण पक्षले रिलिज मिति भने सार्वजनिक गरेको छैन ।