पल र पुजाको फिल्म रावायणको रि-सेन्सरः अब १६ बर्ष मुनिका सबैले हेर्न पाउने 

फिल्मी फण्डा ।  नायक पल शाह र नायिका पुजा शर्माको फिल्म रावायणको रि-सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार(भोलि) विहानै बाट अब फिल्म‘रावायण’ १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।  

२,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि  केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन् । 

यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले  फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।

 फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ । 

सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहितद प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।

459021076_1230298461329613_1566497173082150935_n.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech