खगेन्द्र लामिछाने,निश्चल बस्नेत,आर्यन सिग्देलको फिल्म‘घर नम्बर २’को २५ दिनमा सकियो छायाङ्कन

फिल्मी फण्डा। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायाङ्कन पुरा भएको छ । २५ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । फिल्मको छायाङ्कन काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा गरिएको निर्माण युनिटले जनाएको छ । 

प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायाङ्कन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारको अभिनय छ ।

फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ ।  ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ ।

वुद्धिसागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech