फिल्मी फण्डा । नायक विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक गरिएको छ । यो फिल्मको गीतको भिडियोमा नव–कलाकार समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाललाई फिचरिङ गरिएको छ ।
दक्षिण भारतीय सिनेमाकी नायिका सोनुले नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा समीरको डान्स स्टेप विशेष छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, बलिउड गायक नकाश अजिजको स्वर छ ।
यो फिल्ममा न्यान्सी खड्का, सनिषा भट्टराइको पनि मुख्य भूमिका छ । साथमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के कृष्ण भट्ट लगायतका कलाकारलाई पनि फिल्ममा देख्न सकिन्छ । विराज भट्ट प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
फिल्ममा विराजको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद छ । यो फिल्ममा स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन छ । असोजको २४ गते फूलपातीको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।
https://youtu.be/1fkbFhvadeY?si=EVY_VSyhPc3Kjc67