फिल्मी फण्डा । आजबाट हलमा रिलिज भएको फिल्म ‘रावायण’ले आक्रामक सुरुवात गरेको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको छ ।
फिल्म रिलिज भएको पहिलो दिन बिहानबाट नै हलमा दर्शकको भिड लागेको छ। पल र पूजा बिहानबाट नै विभिन्न हलमा पुगिरहेका छन्। बिग मुभिज, सिभिल मल, अष्टनारायण लगायतका हलमा दर्शकको उपस्थिति बलियो रहेको छ ।
बिभिन्न हलमा पुग्दा पुजा र पलले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। चलचित्रमा पल र पूजाको साथमा प्रियंका कार्की, प्रकाश शाह, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।