फिल्मी फण्डा । असार १५ गतेबाट नेपालभर भारत प्रदर्शन हुन लागेको फिल्म परस्त्री एक दिन अगाडिनै अर्थात् असार १४ गते प्रदर्शन हुने भएको छ । फिल्म निर्माण टिमले फेसबुक मार्फत् उक्त जानकारी दिएका हुन् ।
अहिले परस्त्री टिम प्रचारप्रसारमा ब्यस्त छ । शर्मिला पाण्डेको निर्माण र सुरज पाण्डेको निर्देशन रहेको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झिकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय रहेको छ । फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।