फिल्मी फण्डा । निकै लामो स्टारकास्ट र तामझामका साथ निर्माण घोषणा गरीएको फिल्म 'एक्स ९ लेभल १' को सुटिङ अहिलेसम्म सुरु भएको छैन । धेरैले उक्त फिल्म अब नबन्ने अनुमान गरेका थिए, तर आज फिल्मका निर्देशक मुकुन्द भट्टले फेसबुकमा स्टाटस लेख्दै फिल्मको सुटिङ हुन नसक्नुको पछि आफ्नै निर्माताले धोका दिएको कारण खुलाएका छन् ।
उनलले लेखेका छन् 'फिल्मको निर्माता मध्येका एक तथा कलाकार क्यानडा बस्ने सुदर्शन गौतम हुन् । एक्स ९ का अर्का निर्माता विदुर घतानेले उनै सुधर्सन गौतमको नक्कली कागजात क्यानडाको भिसाको लागि आवेदन दिएको मैले थाहा पाँए ।' उनले निर्माता विदुर घतानेले भिजा प्रक्रियामा धोका दिएको बताउँदै घतानी बिरुद्ध अध्यागमनमा मुद्दा हाल्न लागेको जानकारी दिए छन् ।
निर्देशक भट्टले एक्स ९ लेभल १ २ बर्ष अघि अनमोल केसी, प्रदिप खड्का, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, अनुप विक्रम शाही, अर्पन थापा र बलिउड कलाकार सुनील सेठ्ठि सहितका कलाकारको साथ निर्माण गर्ने घोषणा गरेका थिए । पल पुष्प लगायत कलाकारले त वर्कसप समेत सुरु गरिसकेका थिए । तर विविध कारणले अहिलेसम्म फिल्मको काम सुरु भएन र अनमोल, पुष्प लगायत कलाकारले त फिल्मबाट हात समेत झिकिसकेका छन् । निर्देशक भट्टले सन् २०२४ पछि मात्रै फिल्मको काम सुरु हुने जानकारी दिएका छन् ।