फिल्मी फण्डा । अभिनेता पल शाह फिल्ममा कमब्याक हुने तयारीमा छन् । कारागार बसाइबाट बाहिर आए लगतै उनी आफैले फिल्म निर्माण गर्ने चाहना बनाएका छन् । शुरुमा धेरै अगाडी सम्झौता भएर बसेको म्युजिक भिडियोहरुमा काम गरेका पलले फिल्म निर्माणका लागि स्क्रिप्टको खोजी कार्य गरेका थिए ।
आफुलाई सुहाउँदो र राम्रो स्क्रिप्ट नपाएपछि उनले लेखक विकास सुवेदीलाई स्क्रिप्ट बनाउन अनुरोध गरे । त्यस पछि जोडिए निर्देशक दिनेश राउत । अहिले दिनेश राउत र विकास सुवेदी पल शाहको होम प्रोडक्शन फिल्मको स्क्रिप्टमा व्यस्त छन् भने पल घुमघाममा ।
पल हङकङ भ्रमणमा हुँदा उनले आगामी भाद्रभित्र छायाँकन हुने गरि फिल्ममा काम गर्न लागेको बताएका थिए । फिल्मको नाम समेत पलले तय गरेको तर सार्वजनिक भने नगरेको बुझिएको छ । पलले दशैं र तिहार विशेष गरेर फिल्म प्रदर्शन गरिने पनि बताएका छन् । पलका नजिकका स्रोतका अनुसार उनले मोडल कविता रायसँग फिल्ममा काग गर्न सकिने संभावना रहेको बुझिन्छ ।