फिल्मी फण्डा । नेपाल चलचित्र संघ भारतीय फिल्म प्रदर्शन गर्न पाउनु पर्ने भन्दै उच्च अदालत पाटन पुगेका छन् । हलवालाहरुले काठमाडौंका मेयर बालेन शाहले भारतीय फिल्म निषेध गरेको भन्दै उनको निर्णय विरुद्ध रिट दर्ता गर्दै भारतीय फिल्म प्रदर्शन गर्न अन्तरिम आदेश समेत माग गरेका छन् ।
फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा महानगपालिकाका मेयर बालेन शाहले रोक लगाए पछि चलचित्र संघको आकस्मिक बैठक बसेको थियो ।
बैठकले महानगरको निर्णय कानून विपरीत भन्दै मेयर बालेन विरुद्ध अदालत जाने र भारतीय फिल्म प्रदर्शनका लागि अन्तरिम आदेश माग गर्ने निर्णय गरेको थियो । सो रिटमा अदालतले बिहीबारका लागि पेशी तोकिएको छ ।
फोटो : फाईल तस्विर