धरानमा चलचित्र पत्रकारको कार्यशाला सम्पन्न, दुई पत्रकार नगदसहित सम्मानित

फिल्मी फण्डा । फिल्म पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालको जिल्ला शाखा सुनसरीले धरानमा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न गरेको छ । जेठ २१ गते बाट शुरु भएको कार्यशाला २३ गते समापनमा दुई चलचित्र पत्रकारलाई नगद सहित सम्मान वितरण गर्दै सम्पन्न भएको हो ।

लामो समयदेखि रंग पत्रकारिताको क्षेत्रमा योगदान पुर्याए वापत धरानका पत्रकार गोपाल दाहाल र रंग पत्रकारिता क्षेत्रमा उदयमान पत्रकार सुमित कार्कीलाई नगदसहित सम्मान गरिएको हो । 

ब्लाष्ट दैनिकका सम्पादक समेत रहेका दाहाललाई ६ हजार नगद र हार्ट एफ एम धरानमा कार्यरत कार्कीलाई ५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ । त्यसै गरि संघले कलाकारिताको क्षेत्रमा योगदान पुर्याए वापत कलाकार शारदा शाक्यलाई पनि सम्मान गरेको छ  । समापन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र वेघाले सम्मानित हुनेहरुलाई सम्मान पत्र सहित सम्मान गरेका थिए। 
चलचित्र पत्रकार संघ सुनसरीको  आयोजानमा  चलचित्र विकास बोर्ड र धरान उपमहानगरपालिकाको सहयोगमा फिल्म पत्रकारहरुका लागि पत्रकारिता कार्यशाला आयोजना गरेको हो। मोफसलमा पनि फिल्मका गतिविधि बढाउन र प्रचार प्रसारलाई तिब्र बनाउँदै नेपाली फिल्मको बजारमा प्रवद्र्धनमा टेवा पुराउने उद्देश्यले कार्यशालाको आयोजना गरेको हो ।

अध्यक्ष विनोद विश्वकर्माका अनुशार कार्यशाला अविधीभरी पत्रकारिताको  आचारसंहिता, सन्चार कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, समाचार भर्सेस गसिप, फिल्म पत्रकारिता, फोटो र मल्टिमिडिया लगायतको विषयमा प्रशिक्षण दिइएको छ  । 

पत्रकार तथा फिल्म निर्देशक भिषण राई, फिल्म निर्देशक तथा बरिष्ठ संचारकर्मी लक्ष्मण सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज, शिक्षक रोनिश राउतलगायतले  प्रशिक्षण दिनु भएको थियो ।  

सुनसरीका विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब दुई दर्जनभन्दा वढी पत्रकारहरु कार्यशालामा सहभागि थिए ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech