फिल्मी फण्डा । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'लण्डन टु पेरिस' र 'गाउँ आएको बाटो'ले घरेलु बक्स अफिसमा निकै निराशाजनक ब्यापार गरेका छन् । ति दुबै फिल्मले प्रिमियरमा भने राम्रो प्रतिक्रिया पाएका थिए । तर दुबै फिल्मले प्रदर्शनको पहिलो सोजबाटनै निराशाजनक सुरुवात गरे ।
२ साता अघि प्रदर्शनमा आएका दुई फिल्म 'फर्कि फर्कि' र 'पुजार सार्की'ले जस्तै उत्साहजनक ब्यापार गर्ने अनुमान गराएपनि यि दुई फिल्मले भने इनिसियल ओपनिङमै बक्स अफिसमा घोडा टेकेको छन् । प्रदर्शनको सुरुवाती २ दिनलाई इनिसियल पिरियड मानिन्छ, चर्चित कलाकारहरु र ठुला प्रोडक्सनका फिल्महरूले प्राय यस पिरियडमा राम्रो ओपनिङ लिने गर्छन् । तर स्टार भनिएका कलाकारको प्रमुख भुमिका रहेतापनि दुबै फिल्मले अपेक्षाकृत ब्यापार भने गर्न सकेनन् ।
यि दुबै फिल्मलाई नेपालका मल्टिप्लेक्स हलहरूले खासै साथ दिएका छैनन्, फिल्मको वर्ड अफ माउथ कमजोर रहेकोले फिल्मको सोजमा दिन प्रतिदिन गिरावट आइरहेको छ । दुबै फिल्म अधिकांश हलहरूमा सिंगल डिजिट अकुपेन्सीको साथमा चलिरहेका छन् । जुन निकै खराब प्रदर्शन हो
घनश्याम लामिछानेको निर्देशन, युरोपका मनमोहक दृश्य र स्टार नायिका साम्राज्ञी आर एल साहाको अभिनय रहेको भए तापनि फिल्म 'लण्डन टु पेरिस'ले दर्शकलाई हलसम्म तान्न सकेको छैन, उता मास्टर निर्देशक भनि मिडियाले प्रचार गरेका निर्देशक नविन सुब्बाको निर्देशन रहेको फिल्म 'गाउँ आएको बाटो'को पनि हालत उस्तै रहेको छ । सायद जीवनकालमै एकमात्र हिट फिल्म बनाएका निर्देशक सुब्बाले पनि यस फिल्मको नतिजाबाट प्रष्ट बुझेको हुनुपर्छ कि सबै फिल्म तुक्काको भरमा चल्दैन भनेर । फिल्ममा कमर्सियल भ्यालु नहुदा नविनको बनि बनावट छविले त दर्शक तान्न सकेननै, यता स्टार हिरो भनि मिडियामा चिनिएका कलाकार दयाहंगको नामले पनि दर्शकलाई तान्न सकेन । हुनत दयाको स्टारडमकै कारण अहिलेसम्म कुनै फिल्मले इनिसियल ओपनिङ लिएका छैनन्, ब्राण्ड सिरिज र स्टार निर्देशकको भरमा हिट फिल्म दिदै आएका दयाको ब्राण्ड ब्यानर, स्टार निर्देशक र सिरिज बिनाको अधिकांश फिल्म बक्स अफिसमा वास आउट भएका छन् । र उनको उक्त शृङखलाले 'गाउँ आएको बाटो' सम्म पनि निरन्तर पाएको छ ।