फिल्मी फण्डा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्व अत्यधिक रहेको बताएका छन् । कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको उनले दावी गरे ।
बुधवार नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस उद्घाटन गर्दै गुरुङले नेपाली कांग्रेसका भातृसंगठनहरमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्थाहरुमा नेपाल सांस्कृतिक महासंघ भएको दावी गरेका हुन् ।
कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर देखाएको कार्यक्रम विभिन्न नृत्य लगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो । कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरिएको थियो ।
जसमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गङ्गाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरी लगायत रहेका थिए ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासङ्घका सभापति तिर्थ थापाले सांस्कृतिककर्मीलाई पनि पार्टीले ठाउँ र अवसर दिनुपर्ने बताएका छन् ।